logo-image

आइतबार, १७ जेठ २०८३

मुलुक वृहत्तर आर्थिक सुधारको निर्णायक मोडमाः अर्थमन्त्री

शुक्रबार, १५ जेठ २०८३ · अर्थ

मुलुक वृहत्तर आर्थिक सुधारको निर्णायक मोडमाः अर्थमन्त्री

काठमाडौं, जेठ १५ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजनीतिक अस्थिरताको चक्र अन्त्य भएसँगै समष्टिगत आर्थिक सूचकहरू सकारात्मक दिशातर्फ उन्मुख रहेको दाबी गर्नुभएको छ ।
शुक्रवार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रश्तुत गर्दै अर्थमन्त्री वाग्लेले मुलुकको अर्थतन्त्र सुधारउन्मुख अवस्थामा पुगेको दाबी दाबी गर्नुभएको हो । उहाँले वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको, विदेशी विनिमय सञ्चिति सुदृढ अवस्थामा रहेको तथा स्वच्छ ऊर्जा र प्रविधि क्षेत्रमा नेपालसँग ठूलो सम्भावना रहेको उल्लेख गर्नुभयो । उहाँले मुलुक अहिले वृहत्तर आर्थिक सुधारको निर्णायक मोडमा पुगेको दाबी पनि गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘मुलुक अहिले बृहत्तर आर्थिक सुधारको निर्णायक मोडमा उभिएको छ । राजनीतिक अस्थिरताको दुस्चक्र समाप्त भएको छ । अधिकांश समष्टिगत आर्थिक परिसूचक सुधारउन्मुख छन् । सुदृद्ध आर्थिक विनिमय सत्तिचतिसहित वित्तिय प्रणालीमा पर्याप्त तरलता छ । स्वच्छ उर्जा उत्पादन र प्रविधिमा विशाल सम्भावना छन् ।’
आर्थिक सुधार, लगानी प्रवद्र्धन र उत्पादनमुखी क्षेत्र विस्तारमा सरकार केन्द्रित रहेको उहाँको भनाइ छ ।–न्युज एजेन्सी नेपाल