logo-image

आइतबार, १७ जेठ २०८३

नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको पाइयोः प्रधानमन्त्री साह

आइतबार, १७ जेठ २०८३ · राजनीति

नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको पाइयोः प्रधानमन्त्री साह

 

काठमाडौं, जेठ १७ । प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको पाइएको बताउनुभएको छ । 
आईतवार सांसदहरुका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले यसबारेमा आफूले पनि प्रधानमन्त्री बनेपछि मात्रै जानकारी पाएको र यसबारे नेपाल र भारतबीच वार्तामार्फत समस्या समाधान गरिने बताउनु भयो । प्रधानमन्त्री भएपछि सीमासम्बन्धी विषयमा नयाँ तथ्यहरू फेला परेको उल्लेख गर्दै उहाँले दुवै पक्षबाट सीमा अतिक्रमण भएको पाइएको जानकारी दिनुभयो । 
उहाँले भन्नुभयो, ‘भारतले नेपालको जग्गा मात्र नभई, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको तथ्य प्रधानमन्त्री भएपछि जानकारीमा आएको छ ।’ 
प्रधानमन्त्री साहले सीमाको यथार्थ अवस्था पत्ता लगाउन दुवै देशले संयुक्त अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो । सीमा क्षेत्रमा देखिएका समस्यालाई एक मित्र राष्ट्रको हैसियतमा बसेर छलफलमार्फत टुङ्ग्याउने सरकारको लक्ष्य रहेको उहाँको भनाइ छ । कुन पक्षबाट कति जग्गा मिचिएको छ भन्ने विषयमा विस्तृत अध्ययन गरी मैत्रीपूर्ण ढङ्गले समस्या समाधान गर्न आफूहरू प्रतिवद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो ।