logo-image

आइतबार, १७ जेठ २०८३

सुन र चाँदीको मूल्यमा उच्च वृद्धि: सुन तोलाकै ३ लाख ११ हजार नाघ्यो

आइतबार, १७ जेठ २०८३ · अर्थ

सुन र चाँदीको मूल्यमा उच्च वृद्धि: सुन तोलाकै ३ लाख ११ हजार नाघ्यो

काठमाडौं, जेठ १७ । नेपाली बजारमा साताको पहिलो दिन आइतवार सुन र चाँदी दुवैको मूल्यमा उच्च वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको छ। यसअघि गत शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै आज चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ। चाँदी प्रतितोला ३ सय ५ रुपैयाँले बढेर ५ हजार ३ सय ४५ रुपैयाँ पुगेको छ। गत शुक्रबार नेपाली बजारमा चाँदी प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।