logo-image

आइतबार, १७ जेठ २०८३

शान्तिको धुन’ सार्वजनिक: बौद्धिक सम्पत्ति र कला–साहित्य प्रवर्द्धनमा सीएसआरको भूमिका जोड

आइतबार, १७ जेठ २०८३ · मनोरञ्जन

शान्तिको धुन’ सार्वजनिक: बौद्धिक सम्पत्ति र कला–साहित्य प्रवर्द्धनमा सीएसआरको भूमिका जोड

काठमाडौं, जेठ १७ ।  शान्तिको धुन गीत सार्वजनिक भएको छ । आईतवार काठमाडौंमा विश्व शान्तिका लागि संगीत महाअभियानमा नेपाल टेलिकमको सहयोग तथा सहकार्यमा गीत सार्वजनिक भएको हो । 

गीतकार एसपी कोईरालाले बौद्धिक सम्पती सम्बन्धी संवैधानिक हकको प्रभावकारी कार्यान्वयन र कला–साहित्यको उत्थानका लागि ‘संस्थागत सामाजिक उत्तरदायित्व’ (सीएसआर) अन्तर्गतको लगानी सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । कोईरालाले गीत सिर्जना गर्नु एक कठिन कार्य भएको उल्लेख गर्दै यस क्षेत्रको विकासमा राज्य र नाफामूलक संस्थाहरूले विशेष ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले साहित्य, सङ्गीत र कलाको प्रवद्र्धनमा सरकारले पर्याप्त ध्यान नदिएको जनगुनासो सम्बोधन गर्दै नेपाल टेलिकम जस्ता संस्थाहरूले देखाएको सक्रियता प्रशंसनीय रहेको बताउनु भयो । नेपालको संविधान २०७२ को धारा २५ ले बौद्धिक सम्पतीलाई सम्पतीको हकका रूपमा स्थापित गरेको स्मरण गराउँदै कोईरालाले संविधानमा लिपिबद्ध अधिकारलाई व्यवहारमा उतार्न आवश्यक ऐन, नियम र कार्यविधि निर्माण हुनुपर्नेमा जोड दिनुभयो । उहाँले विशेष गरी प्रतिलिपि अधिकार र रोयल्टीको विषय निकै पेचिलो बन्दै गएको भन्दै यसमा सरकारी निकायको सक्रिय सहयोगको खाँचो औँल्याउनु भयो ।

उहाँले भन्नुभयो, ‘नाफामूलक संस्थाहरूले आफ्नो नाफाको एक प्रतिशत रकम सीएसआर अन्तर्गत सामाजिक र सांस्कृतिक क्षेत्रमा खर्च गर्नुपर्ने कानुनी प्रावधान छ । तर यसको कार्यान्वयन अझै प्रभावकारी हुन सकेको छैन । नीति निर्माण तहमा रहनुभएका जनप्रतिनिधिहरूले यस्ता विषयमा गम्भीरता देखाउनु आवश्यक छ ।’

उहाँले स्रष्टाहरूको बौद्धिक सम्पतीको संरक्षण गर्दै उनीहरूको श्रमको सम्मान गर्न राज्य र सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । –न्युज एजेन्सी नेपाल

 

ताजा समाचार