आइतबार, १७ जेठ २०८३
सोमबार, २५ फागुन २०८२ · अर्थ
ग्यालेक्सी एआई अनुभवद्वारा सञ्चालित ग्यालेक्सी एस २६ सिरिज अहिलेसम्मकै सबैभन्दा सहज, स्मार्ट र अनुकूल हुने प्रविधिसहित तयार गरिएको छ । यो सिरिज मानिसहरूले आफ्नो फोनमा दैनिक गर्ने कामहरूलाई अझ सजिलो र सरल बनाउन डिजाइन गरिएको हो ।
तालिका व्यवस्थापन गर्नेदेखि कन्टेन्ट बनाउनेसम्म, ग्यालेक्सी एस २६ सिरिजले प्रयोगकर्ताहरूलाई प्राविधिक जटिलताहरूको सट्टा परिणामहरूमा ध्यान केन्द्रित गर्ने कुरा सुनिश्चित गर्दछ । ग्यालेक्सी एस २६ अल्ट्रा, ग्यालेक्सी एस २६+ र ग्यालेक्सी एस २६ अब नेपालमा आजदेखि मार्च १८ (वा स्टक उपलब्ध नभएसम्म) सम्म प्रि–अर्डरको लागि उपलब्ध छन् । ग्यालेक्सी एस २६ सिरिज प्रयोगकर्ताहरूको जीवनशैली र कार्यशैलीअनुसार अनुकूल हुने गरी इन्जिनियर गरिएको जसले एजेन्टिक एआई मार्फत सामसङका लागि नयाँ दिशा संकेत गर्ने कम्पनीको भनाइ छ ।
यो बुद्धिमान प्रविधिले दैनिक कामहरू शान्त रूपमा व्यवस्थापन गर्छ, जसले प्रयोगकर्ताहरूलाई साँच्चै महत्वपूर्ण कुराहरूमा ध्यान केन्द्रित गर्न सक्षम बनाउँछ । हाम्रो विस्तारित २४ महिनाको किस्ता सुविधा (इएमआई) को सुरुवातसँगै हामी पहुँचलाई नयाँ रूपमा परिभाषित गर्दै सामसङका सबैभन्दा उन्नत प्रविधिहरूलाई पहिलेभन्दा अझ सहज रूपमा उपलब्ध गराउँदैछौं । जसले धेरै ग्राहकहरूलाई कुनै सम्झौता नगरी फ्ल्यागशिप प्रविधिको अनुभव लिन सक्षम बनाउँछ,’ प्रनय रत्न स्थापित, वरिष्ठ निर्देशक तथा हेड अफ एमएक्स, सामसङ नेपालले भने ।
मुख्य विशेषताहरू ः
गोपनीयता र प्रदर्शनः ग्यालेक्सी एस २६ अल्ट्रामा उद्योगमै पहिलो पटक इन–बिल्ट प्राइभेसी डिस्प्ले उपलब्ध गरिएको छ, जसले स्तरगत गोपनीयता सुनिश्चित गर्छ ।
साथै, यसमा अनुकूलित चिपसेट र सुधारिएको ताप व्यवस्थापन प्रणाली समावेश गरिएको छ। जसले ७.९ मिमि स्लिम डिजाइनमै अझ छिटो र शक्तिशाली एआई प्रदर्शन प्रदान गर्छ ।
उन्नत क्यामरा क्षमता ः ग्यालेक्सी एस २६ अल्ट्रामा उन्नत क्यामरा सुधारहरू समावेश छन्, जसमा कम प्रकाशमा अझ राम्रो फोटो खिच्नका लागि फराकिलो अपर्चर, कम उज्यालो अवस्थामा स्पष्ट भिडिओका लागि सुधारिएको नाइटोग्राफी भिडिओ र स्थिर भिडिओ क्याप्चरका लागि उन्नत सुपर स्टेडी प्रविधि रहेका छन् । यसको एआई आइएसपी सुधारहरूले सेल्फी क्यामरालाई पनि अनुकूल बनाउँदै मिश्रित प्रकाशमा प्राकृतिक छालाको टोन र सूक्ष्म विवरणहरू अझ राम्रो देखाउने बनाउँछ ।
साथै, उच्च गुणस्तरको भिडिओलाई प्रभावकारी रूपमा कम्प्रेस गर्नका लागि एडभान्स प्रोफेशनल भिडिओ (एपिभी) मानक समर्थन गर्ने यो पहिलो ग्यालेक्सी उपकरण पनि हो । एआई–सञ्चालित सम्पादन उपकरणहरूः अपग्रेड गरिएको फोटो एसिस्ट सुविधाले प्रयोगकर्तालाई फोटोमा चाहिएको परिवर्तन वर्णन गर्न, हराएका भागहरू पुनःस्थापित गर्न र फोटोमा रहेको पहिरनसमेत परिवर्तन गर्न अनुमति दिन्छ ।
क्रिएटिभ स्टुडियोले दृश्य सामग्री सजिलै सिर्जना र अनुकूलन गर्न एकीकृत प्लेटफर्म प्रदान गर्छ। सुरक्षालाई पनि प्राथमिकतामा राखिएको छ, जसमा प्राइभेट एलबम, नक्स म्याट्रिक्स सुरक्षा साथै सात पुस्तासम्मको अपरेटिङ सिस्टम अपग्रेड र सात वर्षसम्मका सुरक्षा अपडेटहरू समावेश छन् ।
स्मार्ट सहायताः नाउ नज्डले समयमै सान्दर्भिक सुझावहरू प्रदान गर्दै प्रयोगकर्तालाई बिना अवरोध आफ्ना काममा केन्द्रित रहन मद्दत गर्छ । नाउ ब्रिफले प्रयोगकर्ताको सन्दर्भअनुसार प्लेलिस्ट, रिमाइन्डर जस्ता सक्रिय सिफारिसहरू प्रदान गर्छ । यसका साथै, गुगलसँगको सर्कल टु सर्च सुविधा अपग्रेड गरी एकैपटक धेरै वस्तुहरू पहिचान गर्ने क्षमता थपिएको छ । सामसङले अहिले स्मार्टफोन, टिभी र गृह उपकरणहरूमा उपलब्ध १२ महिनाको इएमआई सुविधासँगै २४ महिनाको इएमआई विकल्प पनि प्रस्तुत गरेको छ । यो सुविधा हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवामार्फत उपलब्ध छ ।