logo-image

मङ्गलबार, १० कात्तिक २०८३

विराटनगरमाथि चितवनको नाटकीय जित

मङ्गलबार, १० कात्तिक २०८३ · खेलकुद

विराटनगरमाथि चितवनको नाटकीय जित

काठमाडौं, कात्तिक १० । बलिङमा साथ पाउँदा चितवन राइनोजले नाटकीय जितसँगै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा सुखद् शुरुवात गरेको छ । 

 

कीर्तिपुरमा मंगलवार भएको खेलमा चितवन राइनोजले विराटनगर किङ्समाथि ८ रनको रोमाञ्चक जित रच्दै एनपिएलको तेस्रो सिजनमा सुखद् शुरुवात गरेको हो । जितको संघारमा रहेको विराटनगरबाट चितवनले बलरबाट जित खोस्यो । २५ बलमा २६ रन आवश्यक हुँदा पाँच विकेट हातमा रहेको विराटनगर जित निकाल्न असफल रह्यो । यससँगै वेस्ट इन्डिजका आन्द्रे रसेलले अलराउन्ड प्रदर्शन गरे पनि विराटनगरलाई जितका लागि पर्याप्त भएन । त्रिवि क्रिकेट स्टेडियममा चितवनले १५८ रनको लक्ष्य दिएको थियो । तर विराटनगर १९.३ ओभरमा १४९ रनमा नाटकीय रूपमा अलआउट हुन पुग्यो । यस क्रममा चितवनका बलरले उत्कृष्ट पुनरागमन गराए । नियमित कप्तान कुशल मल्लको स्थानमा नेतृत्व गरेका रवि बोपाराले चितवनलाई जित दिलाए ।
मध्यम लक्ष्य पछ्याएको विराटनगरले पनि आक्रामक शुरुवात ग¥यो । ओपनर लोकेश बम र इमरानले आक्रामक शुरुवात दिए । तर पाँचौं ओभरमा लोकेश २४ रनमा आउट हुन पुगे । उनले १४ बलमा चार चौका र एक छक्का प्रहार गरे । त्यस पछिका ब्याटर चारित असालन्का ८ रनमै आउट भए । ७.५ ओभरमा विराटनगर ६५÷२ को स्थितिमा थियो । दुई ओभर पछि इमरान पनि ३९ रनमा पभेलियन फर्किए । लगत्तै अर्को ओभरमा बसिर अहमद १३ रनमा आउट भए । चार विकेट पतनपछि ८९ रन जोडेको विराटनगर दबाबमा प¥यो । तर रसेलले आक्रामक ब्याटिङ गर्दै जिततर्पm अग्रसर गराए । उनले पाँचौं विकेटका लागि एन्जेलो म्याथ्युजसँग ४३ रनको साझेदारी गरे ।
१६ औं ओभरमा कमलसिंह ऐरीले रसेललाई ३३ रनमा देव खनालबाट आउट गर्दै ठूलो सफलता दिलाए । रसेलले १७ बलमा एक चौका र चार छक्का हिर्काए । उनी पभेलियन फर्किदा १५.५ ओभरमा १३२÷५ को अवस्थामा थियो । यस्तो स्थितिमा विराटनगर जित नजिक देखिन्थ्यो । विराटनगरलाई २५ बलमा २६ रन आवश्यक हुँदा पाँच विकेट हातमा थियो । तर त्यसपछिका ब्याटर सम्हालिन सकेन । खातामा थप १७ रन जोड्दा विराटनगरका पाँच ब्याटर नै आउट भए । यससँगै विराटनगरले अप्रत्यशित हार व्यहो¥यो ।  एन्जेलो म्याथ्युज १४ रन र शुभम रञ्जाने १० रनमा आउट हुँदा रूपेश सिंह, प्रतीश जिसी र कप्तान सन्दीप लामिछानेले खाता नै खोल्न सकेनन् । 
चितवनका बलरले उत्कृष्ट पुनरागमन गर्दै तीन बल अगावै जित सुरक्षित गराए । कमलसिंहले चार विकेट लिँदा रिजन ढकालले दुई तथा टोम टेलर, रञ्जित कुमार, डान मौस्ले र मौसम ढकालले समान एक विकेट लिए । बलिङ गरेका सबै बलर विकेट लिन सफल रहे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले आक्रामक सुरुआत गरे पनि विशाल लक्ष्य बनाउन सकेन । पूरै ओभर खेल्दा मात्र तीन विकेटको क्षतिमा चितवनले १५७ रनको मध्यम योगफल बनाएको थियो । पावरप्लेमै चितवनले ५० रन जोड्दा विकेट गुमाएको थिएन । यस क्रममा इङ्लिस ब्याटर डेविड मालनले आक्रामक ब्याटिङ गरे । ७.६ ओभरमा ओपनर देव खनाल १२ रनमा आउट भए । तर उनी र मालनबीच पहिलो विकेटका लागि ५८ रनको साझेदारी बन्यो ।
एक छेउबाट मलानले इनिङ अर्को छेउबाट विकेट गुम्यो । त्यसपछि आएका विकेटकिपर अर्जुज साउद ३ रनमै पभेलियन फर्किए । १०.६ ओभरमा चितवन ७९÷२ को अवस्थामा थियो । वेस्ट इन्डिजका अलरान्डर आन्द्रे रसेलले १३ औं ओभरमा मलानलाई बोल्ड गर्दै विराटनगरलाई ठूलो सफलता दिलाए । यो विकेटसँगै चितवन समालिएर खेल्यो । मलानले ५० बलमा ७० रन बनाए । उनको इनिङमा समान पाँच चौका र छक्का रह्यो । चितवनका कप्तान रवि बोपारा ३२ र डान मुस्ले २९ रनमा अविजित रहे । यी दुईले चौथो विकेटको लागि ६७ रनको अविजित साझेदारी गरे । विराटनगरले अतिरिक्त ११ रन खर्चिदा चितवनलाई मद्दत मिल्यो । विराटनगरको बलिङमा एन्जेलो म्याथ्युज, रसेल र चारिथ आसालंकाले समान एक विकेट लिए । विराटनगरका सात बलरले बलिङ गरेका थिए । तर कप्तान सन्दीप लामिछानेसहित अन्य बलर विकेटविहीन रहे ।