मङ्गलबार, १० कात्तिक २०८३
मङ्गलबार, १० कात्तिक २०८३ · समसामयिक
काठमाडौं, कात्तिक १० । काठमाडौं महानगरपालिकाले यही कात्तिक १३ देखि १५ गतेसम्म आयोजना हुने ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी प्रमुख आकर्षकको रुपमा सहभागि हुने जनाएको छ ।
मंगलवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं फिल्म फेस्टिबलकी निर्देशक आयुशा श्रेष्ठले फेस्टिभलमा नेपाली तथा विदेशी चलचित्र प्रदर्शनसँगै अन्तरसंवाद, मास्टर क्लास, सम्पदा यात्रा र अवार्ड समारोह समेत आयोजना गरिने बताउनु भयो । काठमाडौंको संस्कृति, परम्परा तथा सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले चलचित्र महोत्सव आयोजना गर्न लागिएको उहाँको भनाइ छ । पुराना कलाकारहको सम्मान तथा उनीहरुको सिर्जनात्मक कलालाई नयाँ पुस्तामा रुपान्तरण गर्नु समेत फिल्म फेस्टिबलको उद्देश्य रहेको उहाँले बताउनु भयो । उहाँले अभिनेत्री शबाना आजमीले १४ कात्तिक मा नेपाल पर्यटन बोर्डमा आयोजना हुने ‘चलचित्र, महोत्सव र सार्थक जीवन’ विषयक संवाद कार्यक्रमा सहभागि हुने बताउनु भयो । जापानी निर्देशक ताकायुकी नाकामुराले कात्तिक १४ गते राष्ट्रिय सभागृहमा जापानको यामागाता युनेस्को फिल्म सिटीबारे प्रश्तुति दिने कार्यक्रम रहेको समेत उहाँले जानकारी दिनुभयो । चलचत्रि महोत्सवको पहिलो दिन वसन्तपुरमा सम्पदा यात्रा हुने उहाँले जानकारी दिनुभयो । उहाँले कात्तिक १५ गते राष्ट्रिय सभागृहमा रेड कार्पेट कार्यक्रम, पुरानो नेपाली चलचित्र ‘के घर के डेरा’को प्रदर्शन गरिने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘काठमाडौं फिल्म फेस्टिभल अरुभन्दा किन फरक छ भन्दा यो फेस्टिभलमा देखाइने सबै चलचित्रहरु सबै नागरिकका लागि निःशुल्क हो । उहाँहरुले दुःख गर्नुपर्ने भनेको सिट रिजर्भेसन गर्नुपर्ने हुन्छ । हामी एकैचोटि टोल टोलबाट इन्टरनेसनल फिल्म फेस्टिबलमा उत्रिएका होइनौँ । हामीले यसैअन्तर्गत हेरिटेज रनको समेत आयोजना गरेका थियौँ । यसको मुख्य उद्देश्य भनेको काठमाडौंको कल्चर र सम्पदा चिनाउने नै थियो । हामीले हेरिटेज रनको थ्रु काठमाडौंका धेरैभन्दा धेरै सम्पदालाई समेत छुन पायौँ । त्यहीअनुसार हामीले प्रमोटिङ हेल्थ पनि गर्न पायौँ । र हाम्रो हेरिटेज रनको मुख्य अथिति कट्रिना वेभ भन्ने अष्टे«लियाबाट पाल्नुभएको थियो । अब काठमाडौं फेस्थिभलको लागि दुई जना एकदमै महत्वपूर्ण अथिति आउँदै हुनुहुन्छ । फेस्टिभलमा बसन्तपुर, सिटी हल, जय नेपाल सिनेमा र बौद्ध हुनेछन् । फेस्टिबलको शुरुवात र अन्त्य गर्ने ठाउँ नै विश्वको सम्पदा सूचिमा समावेश छन् । त्यस कुरालाई फोकस गरेका छन् । त्यस्तै जय नेपाल हल अन्तर्राष्ट्रिय स्तरको हल भएको कारण त्यहाँ विदेशी चलचित्रहरुको प्रदर्शन गरिनेछ । फेस्टिबलमा हाम्रो भारतीय बहुचर्चित अभिनेत्री शबाना आजमी र अष्टे«लियन चलचित्र निर्माता मुलर हुनुहुन्छ । हामीले फेस्टिभलको पहिलो दिन १३ कात्तिकमा एउटा सानो हेरिटेज वर्क गर्न लागेका छौँ । भन्दाखेरी सानो भएपनि यसमा धेरै कुरा जोडिन्छ ।’
फेस्टिभलमा ‘नेपाल पानोरामा सट्र्स’ अन्तर्गत नेपाली परिवेशमा स्थानीय नवप्रतिभाले निर्माण गरेका चलचित्र, लघु चलचित्र तथा वृत्तचित्र प्रदर्शन गरिनेछन् । महानगरपालिकाले गरेको खुला आह्वानमा प्राप्त ७५ चलचित्रमध्ये १० वटा छनोट गरिएको छ । छनोट भएका प्रत्येक चलचित्रलाई १ लाख रुपैयाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ । त्यस्तै नेपालसहित विभिन्न देशका चलचित्रहरु प्रदर्शनमा राखिने आयोजकले जनाएको छ । –न्युज एजेन्सी नेपाल
हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’
२ घण्टा अगाडि
सरकार परिणामभन्दा ‘फण्डा’को पछि लाग्योः आर्यन राई
२ घण्टा अगाडि