logo-image

मङ्गलबार, १० कात्तिक २०८३

एनपीएल–३ लक्षित गर्दै नेपाल टेलिकमको ‘एनपीएल अनलिमिटेड प्याकेज’, पाँच सय ९९ रुपैयाँमा दैनिक ८ जीबी डाटा

मङ्गलबार, १० कात्तिक २०८३ · समसामयिक

एनपीएल–३ लक्षित गर्दै नेपाल टेलिकमको ‘एनपीएल अनलिमिटेड प्याकेज’, पाँच सय ९९ रुपैयाँमा दैनिक ८ जीबी डाटा

काठमाडौं, कात्तिक १० । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ । कम्पनीले क्रिकेटप्रेमी तथा मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ल्याएको यस प्याकेजअन्तर्गत ५९९ रुपैयाँमा भ्वाइस कल र दैनिक उच्च गतिको डाटा सुविधा उपलब्ध हुनेछ । 

नेपाल टेलिकमका अनुसार कम्पनीका प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताले उक्त प्याकेज खरिद गर्न सक्नेछन् । प्याकेजअन्तर्गत ३३३ मिनेट अल–नेट भ्वाइस कल सुविधा उपलब्ध हुनेछ भने प्रतिदिन ८ जीबी डाटा प्रयोग गर्न पाइनेछ । उक्त प्याकेज २०८३ कात्तिक १० गतेदेखि मंसिर ५ गतेसम्म खरिद गर्न सकिनेछ । प्याकेजको समयावधि भने ३० दिनको हुनेछ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले प्याकेज खरिद गर्दा लाग्ने शुल्क मासिक रेन्टल चार्जमै समावेश हुने नेपाल टेलिकमले जनाएको छ ।

‘एनपीएल अनलिमिटेड प्याकेज’ खरिद गर्न मोबाइलबाट ८१४१५८६८३ डायल गर्न सकिनेछ । त्यसैगरी नेपाल टेलिकमको मोबाइल एपमार्फत पनि प्याकेज खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

नेपाल टेलिकम नेपाल प्रिमियर लिग सिजन–३ को आधिकारिक टेलिकम पार्टनरसमेत रहेको छ । नेपाली खेलकुद क्षेत्रको विकास तथा प्रवद्र्धनमा सधैँ क्रियाशील रहँदै आएको कम्पनीले एनपीएललाई लक्षित गरी ल्याएको यस प्याकेजबाट मोबाइल प्रयोगकर्तालाई सञ्चार तथा डाटा सेवाको उपयोग गर्न सहज हुने अपेक्षा गरिएको छ ।