मङ्गलबार, ३० असार २०८३
मङ्गलबार, ३० असार २०८३ · समसामयिक
काठमाडौं, असार ३० । सर्लाहीको गोडैतामा आत्मदाहको प्रयास गरेका २५ वर्षीय विवेक मण्डलको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा राति २:०० बजे निधन भएको छ।
सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका मण्डलले गत बिहीबार घरबाट निस्किएर सडकमा पुगी आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। घटनालगत्तै उनलाई प्रादेशिक अस्पताल मलंगवा पुर्याइए पनि अवस्था गम्भीर भएपछि थप उपचारका लागि शुक्रबार नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो।
कीर्तिपुर बर्न अस्पतालमा सघन उपचारकै क्रममा उनको मृत्यु भएको हो। पछिल्लो समय यस्ता दुखद घटनाहरू बढ्दै गएका छन्, यसअघि पनि आत्मदाहको प्रयास गरेका गणेश नेपाली र आश्विन राउतको उपचारकै क्रममा ज्यान गइसकेको छ।
करेन्ट लागेर ललितपुर र चितवनमा दुई जनाको मृत्यु
३ घण्टा अगाडि
इटहरीमा खुल्यो नेपालकै पहिलो एटिन डी सिनेमा
६ घण्टा अगाडि