मङ्गलबार, १६ भदौ २०८३
सोमबार, १५ भदौ २०८३ · समसामयिक
काठमाडौं, भदौ १५ । प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच आज भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटवार्तामा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा सरकारले गरिरहेको खोज तथा उद्धार, राहत वितरण र नागरिक व्यवस्थापनका प्रयासबारे छलफल भएको हो।
भेटका क्रममा बाढी प्रभावित नागरिकको उद्धार तथा राहतका साथै क्षति पुगेका भौतिक संरचनाको पुनःस्थापनाका विषयमा समेत छलफल भएको जनाइएको छ।
प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको सुरक्षा, राहत सामग्रीको सहज पहुँच तथा पुनःस्थापनाका लागि सरकारी संयन्त्रहरूलाई पूर्ण क्षमतामा परिचालन गरिएको जानकारी गराएका थिए।
बाढीबाट प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा पुनःस्थापनाको कामलाई प्रभावकारी बनाउन सरकारको ध्यान केन्द्रित रहेको प्रधानमन्त्रीले बताएका छन्।