logo-image

आइतबार, २१ असार २०८३

टेलिटकद्वारा नेपाली बजारमा पोको एम८ सिरिजका दुई नयाँ फाइभ–जी स्मार्टफोन सार्वजनिक

आइतबार, २१ असार २०८३ · समसामयिक

टेलिटकद्वारा नेपाली बजारमा पोको एम८ सिरिजका दुई नयाँ फाइभ–जी स्मार्टफोन सार्वजनिक

काठमाडौं, असार २१ । टेलिटकले नेपाली बजारमा पोको एम८ सिरिजअन्तर्गत दुई नयाँ फाइभ–जी स्मार्टफोन सार्वजनिक गरेको छ। उत्कृष्ट कार्यसम्पादन, आधुनिक प्रविधि, आकर्षक डिजाइन तथा किफायती मूल्यमा उत्कृष्ट प्रयोग अनुभव प्रदान गर्ने लक्ष्यका साथ कम्पनीले पोको एम८ र पोको एम८ प्रो नेपाली उपभोक्तामाझ ल्याएको जनाएको छ ।

कम्पनीका अनुसार पोको एम८ मा ७,०००MAH क्षमताको शक्तिशाली ब्याट्री दिइएको छ, जसले लामो समयसम्म निर्बाध रूपमा फोन प्रयोग गर्न सकिने सुविधा प्रदान गर्छ । यसमा ३३ वाट टर्बो चार्जिङ तथा १८ वाट रिभर्स चार्जिङ सुविधा उपलब्ध छ । फोटोग्राफीका लागि ५० मेगापिक्सेलको मुख्य क्यामेरा र ८ मेगापिक्सेलको अगाडिको क्यामेरा राखिएको छ । यस स्मार्टफोनमा ६.९ इन्चको फुल एचडी प्लस डिस्प्ले, अधिकतम १४४ हर्ज रिफ्रेस रेट, स्न्यापड्रागन ६एस जेन ३ प्रोसेसर, अष्ट–कोर सीपीयू तथा एड्रेनो जीपीयू जडान गरिएको छ, जसले सहज र द्रुत कार्यसम्पादन सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।

त्यसैगरी, पोको एम८ प्रोलाई एम सिरिजकै थप प्रिमियम संस्करणका रूपमा सार्वजनिक गरिएको छ । यसमा ६.८३ इन्चको क्रिस्टलरेस एमोलेड डिस्प्ले, १.५के रिजोल्युसन, १२० हर्ज रिफ्रेस रेट तथा अधिकतम ३,२०० निट्ससम्मको ब्राइटनेस उपलब्ध छ, जसले उत्कृष्ट दृश्य अनुभव प्रदान गर्छ । 

पोको एम८ प्रोमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामेरा तथा ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा समावेश गरिएको छ । यसमा ६,५००mब्ज क्षमताको ब्याट्री, १०० वाट हाइपरचार्ज तथा २२.५ वाट रिभर्स चार्जिङ सुविधा रहेको छ । ४ न्यानोमिटर प्रविधिमा आधारित स्न्यापड्रागन ७एस जेन ४ प्रोसेसरले २.७ गिगाहर्जसम्मको गतिमा अष्ट–कोर कार्यसम्पादन उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार दुवै स्मार्टफोनमा पानीका छिटा र धुलोबाट सुरक्षा प्रदान गर्ने आईपी वाटर तथा डस्ट रेसिस्टेन्स सुविधा समावेश गरिएको छ । टेलिटकका कार्यकारी निर्देशक प्रतीक जालानले उत्कृष्ट कार्यसम्पादन, सहज फाइभ–जी अनुभव र प्रतिस्पर्धी मूल्यलाई एउटै प्याकेजमा उपलब्ध गराउने उद्देश्यले यी स्मार्टफोन नेपाली बजारमा ल्याइएको बताए। उनका अनुसार दैनिक प्रयोगलाई ध्यानमा राखेर विकसित गरिएका यी स्मार्टफोनले आधुनिक प्रविधिलाई अझ धेरै उपभोक्तासम्म पहुँचयोग्य बनाउने पोकोको प्रतिबद्धतालाई थप मजबुत बनाएका छन् । 

मूल्यका हिसाबले पोको एम८ कालो र सेतो रङमा उपलब्ध छ। यसको ६ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य ३७ हजार ९९९ रुपैयाँ तथा ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य ४४ हजार ९९९ रुपैयाँ तोकिएको छ । त्यसैगरी, पोको एम८ प्रो कालो, हरियो र चाँदी रङमा उपलब्ध छ। ८ जीबी र्याम तथा २५६ जीबी स्टोरेज भएको यसको मूल्य ५६ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले सबै मोडेलमा एक वर्षको आधिकारिक ब्रान्ड वारेन्टीका साथै अधिकतम नौ महिनासम्मको ईएमआई सुविधा उपलब्ध गराएको छ । यी दुवै स्मार्टफोन टेलिटकका आधिकारिक शोरुम, अधिकृत खुद्रा बिक्रेता तथा दराजमार्फत खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।