बुधबार, २७ जेठ २०८३
बुधबार, २७ जेठ २०८३ · समसामयिक
काठमाडौं, जेठ २७ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को अध्यक्षमा सुरेन्द्र राज रेग्मी नियुक्त भएका छन् । बैंकको जेठ २७ गते बसेको सञ्चालक समितिको बैठकले ग्लोबल आइएमई बैंकका प्रतिनिधि रेग्मीलाई अध्यक्ष नियुक्ती गर्ने निर्णय गरेको हो ।
साथै, बैठकले विशाल ग्रुप लिमिटेडको प्रतिनिधिको रूपमा दीपक कुमार अग्रवाललाई बैंकको सञ्चालक सदस्यमा जेठ २७ देखि बुधबार देखि नैं लागू हुने गरी नियुक्त गर्ने निर्णय गरेको हो ।