मङ्गलबार, १६ भदौ २०८३
मङ्गलबार, १६ भदौ २०८३ · समसामयिक
काठमाडौं, भदौ १६ । भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरूका लागि राहत र उद्धार सामग्री बोकेर हिँडेका सवारी साधनहरू सडकको दयनीय अवस्थाका कारण बीच बाटोमै रोकिएका छन् ।
निरन्तरको वर्षाले सडक हिलाम्मे र चिप्लो हुँदा राहत सामग्री पीडितसम्म पु¥याउन गम्भीर चुनौती खडा भएको हो । हाल रसुवाको नौकुण्ड गाउँपालिका वडा नं. ३ स्थित घिचेत क्षेत्रमा राहत सामग्री बोकेका सवारी साधनहरूको लामो जाम देखिएको छ ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो । मुख्य सडक मार्ग बाढीले बगाउँदा वैकल्पिक सडकबाट सवारीसाधन गुडिरहेका छन् । वैकल्पिक सडक यात्राका लागि असहज बनिरहेको छ ।
बाढी र पहिरोले कतिपय स्थानमा सडक सञ्जाल पूर्ण रूपमा विच्छेद गरिदिएकाले प्रभावित क्षेत्रहरूमा सम्पर्क कायम गर्न र समयमै राहत सामग्री उपलब्ध गराउन समस्या उत्पन्न भएको छ । सडक अवरोध र प्रतिकूल मौसमका कारण उद्धार कार्य समेत प्रभावित बनेको छ ।
तस्बिरहरुः अनुप प्रधान–न्युज एजेन्सी नेपाल
बाढीले ३५ भन्दा बढी पुल बगाउँदा गल्छीको पुल कसरी जोगियो ?
एक मिनेट अगाडि