मङ्गलबार, १६ असार २०८३
मङ्गलबार, १६ असार २०८३ · समसामयिक
काठमाडौं, असार १६ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहनुभएका नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा आज (मङ्गलवार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासमा उक्त रिटमाथि सुनुवाइ हुन लागेको हो। गैरकानूनी रूपमा लाभ लिएको र अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा अनुसन्धानका लागि विभागले उहाँलाई गत साता सुर्खेतबाट पक्राउ गरेको थियो।