मङ्गलबार, १६ असार २०८३
मङ्गलबार, १६ असार २०८३ · समसामयिक
काठमाडौं, असार १६ । काठमाडौंको वनस्थली क्षेत्रमा आफूलाई प्रहरी भन्दै धम्की दिएर नगद लुटपाट गर्ने घटनामा संलग्न चार जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ।
प्रहरीका अनुसार असार ९ गते बेलुका करिब ११ बजे सिन्धुलीको व्याँटेश्वर गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–१६ वनस्थली बस्दै आएका ४६ वर्षीय शेरबहादुर मोक्तानलाई जग्गा खरिदका लागि ल्याएको रकम लिएर आएका बेला चार जनाको समूहले आफूहरू प्रहरी भएको परिचय दिँदै नियन्त्रणमा लिई लुटपाट गरेको थियो।
घटनामा संलग्न व्यक्तिहरूले मोक्तानसँग रहेको रु. १० लाख ५५ हजार नगद, मोबाइल फोन तथा सिद्धार्थ बैंकको खाली चेक चोरी गरी फरार भएका थिए। घटनापछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले असार १४ गते काठमाडौंका विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–१ घर भई काठमाडौं धापासी बस्ने रामशरण दमाई (४३), काठमाडौं टोखा नगरपालिका–१ का सविन खवास (२८), पर्साको ठोरी गाउँपालिका–४ घर भई काठमाडौं गोंगबु बस्ने लक्ष्मी गोले (४३) तथा पीडित शेरबहादुर मोक्तान (४६) रहेका छन्।
प्रहरीले पक्राउ परेकामध्येबाट रु. २ लाख नगद बरामद गरेको जनाएको छ। चोरी तथा डाँका सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाए