logo-image

बिहिबार, २८ जेठ २०८३

खेलमैदानबाट खेलकुद विकास गर्ने स्थानमा पुग्दा जिम्मेवारी वोध भएको छः राखेप उपाध्यक्ष विशाल

बिहिबार, २८ जेठ २०८३ · खेलकुद

खेलमैदानबाट खेलकुद विकास गर्ने स्थानमा पुग्दा जिम्मेवारी वोध भएको छः राखेप उपाध्यक्ष विशाल

काठमाडौं, जेठ २८ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त उपाध्यक्ष विशाल श्रेष्ठले खेलमैदानबाट खेलकुद क्षेत्रको विकास गर्ने स्थानमा पुग्दा थप जिम्मेवारी वोध महशुस भएको बताएका छन् ।

त्रिपुरेश्वरस्थित राखेप कार्यालयमा स्वागत तथा पदभार ग्रहण कार्यक्रमका अवसरमा नवनियुक्त उपाध्यक्ष श्रेष्ठले खेलमैदानमा खेल्दै यसै क्षेत्रको विकासका लागि काम गर्नु पाउनु ठूलो अवसर रहेको बताएका हुन् । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोलकिपर श्रेष्ठले विगत दुई दशकदेखि खेलकुदमा रहेर देशको प्रतिनिधित्व गर्ने शौभाग्यपछि यसै क्षेत्रको विकासमा काम गर्न यो जिम्मेवारी दिएकोमा सरकारलाई धन्यवाद र आभार व्यक्त गरे । यो पदमा रहँदा सम्पूर्ण खेलकुद संघसँग समन्वयन गरी खेल विकासका लागि नेपाल सरकारसँग सहकार्य गरी अगाडि बढ्ने उनको विश्वास छ ।

खेल मैदानबाट खेल विकासमा आउँदा धेरै खुशी रहेको र आफूले गर्नुपर्ने काम पनि धेरै रहेको उपाध्यक्ष श्रेष्ठले बताएका छन् । उपाध्यक्ष श्रेष्ठले समग्र खेलविकासका लागि लागि पर्ने र त्यो सबै सरोकार पक्ष एकभएर मात्र सम्भव हुने विश्वास व्यक्त गरेका छन् । सबै एक भएर नेपाली खेलकुदलाई नयाँ उचाइमा पुु¥याउनुपर्ने उनले जोड दिएका छन् ।

नेपाल सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धि विशेष व्यवस्था अध्यादेश २०८३ जारी गरेपछि एकैपल्ट एक हजार चार सय ९४ जना पदाधकारी एकमुष्ट पदमुक्त भएका थिए । यससँगै राखेपको कार्यकारी समितिसहित बोर्ड नै रिक्त भएको थियो । सोही पदमा बुधबार मात्र शिक्षा तथा खेलकुद मन्त्रालयले उपाध्यक्षमा विशाल श्रेष्ठसहित चार जना बोर्ड सदस्य नियुक्त ग¥यो । चार सदस्यमा पूर्वक्रिकेटर शक्ति गौचन, बुद्धिचालकी पूर्वराष्ट्रिय च्याम्पियन मोनालिसा खुम्बु, टेबल टेनिसकी सिक्का सुवाल र जेनजी प्रदर्शनका क्रममा घाइते भएका पवन शाहीलाई राखेपको बोर्ड सदस्य नियुक्त भएका हुन् ।
उक्त नवनियुक्त पदाधिकारी र सदस्यले बिहीबार त्रिपुरेश्वरस्थित राखेपमा कार्यालयमा पदभार समालेका थिए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रामचरित्र मेहता र कर्मचारीहरू बधाई दिँदै स्वागत गरेका थिए । सदस्यसचिव मेहताले विशेष घडीमा र अवस्थामा नयाँ पदाधिकारीको आगमन भएकाले खेलकुदको गरिमा बढाउन ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले खेलकुदमा धेरै राम्रो छ भन्ने वातावरण सिर्जना गर्न सरकार लागिरहेकाले त्यसमा नयाँ पदाधिकारीले राम्रो काम गर्ने आशा व्यक्त गरेका छन् । खेलकुदका समस्यालाई समाधान गर्न मन्त्रालयले पनि ध्यान दिएको उनी बताउँछन् । खेललाई व्यावसायिक बनाउन नजनियुक्त पदाधिकारी भुमिका महत्वपूर्ण रहेको उनले बताएका छन् । अहिले खेलकुदमा देखिएको समस्या हटाउँदै लैजाने प्रयासमा खेलकुद परिषद् रहेको उनको भनाइ छ । 

पूर्वराष्ट्रिय खेलाडी विशाल श्रेष्ठले बिहीबार राखेपको उपाध्यक्षमा नियुक्त भएसँगै सामाजिक सञ्जालमार्फत व्यावसायिक फुटबल करियरबाट संन्यास घोषणा गरेका थिए । पछिल्लो समय उनी मच्छिन्द्र क्लबबट खेल्दै आएका थिए । उनले उक्त जानकारी दिएका हुन् । उनले ७ पुस २०८० सालमै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिइसकेका थिए । ३३ वर्षे विशालले मनाङ मस्र्याङ्दी, नेपाल पुलिस र मच्छिन्द्रबाट घरेलु लिग खेलिसकेका छन् । बुटबल लुम्बिनी एफसी र एफसी चितवनबाट उनले नेपाल सुपर लिग (एनएसएल) खेलेका छन् । शक्ति गौचन नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वस्पिनर तथा प्रशिक्षक शक्तिप्रशाद गौचन हुन् । मोनालिसा खुम्बू बुद्धिचालकी पूर्व राष्ट्रिय च्याम्पियन हुन् भने सिक्का पनि टेबल टेनिसकी राष्ट्रिय खेलाडी हुन् । –न्युज एजेन्सी नेपाल

ताजा समाचार