आइतबार, १३ मंसिर २०८३
शनिबार, १२ मंसिर २०८३ · समसामयिक
चितवन, मंसिर १३ । चितवनको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम गर्नुपर्ने भएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द हुने भएको छ।
अर्को सूचना जारी नभएसम्म लागू हुने उक्त निर्णयअनुसार बन्द समयमा सबै प्रकारका सवारीसाधनको आवागमन रोकिनेछ।
प्रशासनले यात्रु तथा चालकलाई सोहीअनुसार यात्रा व्यवस्थापन गर्न आग्रह गरेको छ। काठमाडौं–मुग्लिन–आँबुखैरेनी हुँदै पोखरा जाने सडक भने नियमित सञ्चालनमा रहनेछ।