logo-image

शुक्रबार, २० कात्तिक २०८३

एनपीएल: आज कर्णाली र सुदूरपश्चिम तथा चितवन र पोखरा भिड्दै

शुक्रबार, २० कात्तिक २०८३ · खेलकुद

एनपीएल: आज कर्णाली र सुदूरपश्चिम तथा चितवन र पोखरा भिड्दै

 

काठमाडौं, कात्तिक २० । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (शुक्रबार) कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई रोमाञ्चक खेल हुँदैछन्।

दिनको पहिलो खेलमा दिउँसो साढे १२ बजे समान चार-चार अंक जोडेका कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् भने यसै खेलबाट दक्षिण अफ्रिकी ब्याटर डेभिड मिलरले कर्णालीबाट एनपीएल डेब्यु गर्दैछन्।

यता, हेड–हिसर्टमा सुदूरपश्चिम कर्णालीविरुद्ध अहिलेसम्म अपराजित छ। त्यसैगरी, बेलुका साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ, जहाँ ३ खेलमा ३ अंक जोडेको चितवन जितको लयमा फर्किन चाहन्छ भने लगातार तीन खेलमा पराजित भएको पोखरा अंकविहीन अवस्थामा पहिलो जितको खोजीमा मैदान उत्रनेछ। यी दुवै खेलले टोलीहरूको प्लेअफ यात्रामा महत्त्वपूर्ण प्रभाव पार्नेछ।