logo-image

बिहिबार, १४ जेठ २०८३

इतिहास रच्दै रविन्द्र ढाँट: फिलिपिनी फाइटरलाई नकआउट गर्दै युएफसीको सेमिफाइनलमा

बिहिबार, १४ जेठ २०८३ · खेलकुद

इतिहास रच्दै रविन्द्र ढाँट: फिलिपिनी फाइटरलाई नकआउट गर्दै युएफसीको सेमिफाइनलमा

काठमाडौं, जेठ १४ । नेपाली मिक्स मार्सल आर्ट्स फाइटर रविन्द्र ढाँट मकाउमा जारी 'रोड टु युएफसी सिजन ५' को सेमिफाइनलमा प्रवेश गर्दै इतिहास रचेका छन्। 

बिहीबार मकाउको ग्यालेक्सी एरेनामा भएको ब्यान्टमवेट विधाको क्वार्टरफाइनल खेलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमा नकआउट गर्दै उनी सेमिफाइनलमा पुगेका हुन्। अन्तिम समयमा प्रतिद्वन्द्वी परिवर्तन हुने जस्तो कठिन चुनौती र खेलको सुरुवाती दबाबलाई चिर्दै प्राप्त गरेको यस ऐतिहासिक जितसँगै 'बझाङको बाघ' उपनामले चिनिने रविन्द्र 'रोड टु युएफसी' मा फाइट जित्ने पहिलो नेपाली फाइटर समेत बनेका छन्।

ग्यालेक्सी एरेनामा उपस्थित हजारौँ नेपाली समर्थकहरूको उल्लेख्य साथ पाएका रविन्द्र अब विश्वप्रसिद्ध युएफसी सम्झौता सुरक्षित गर्नबाट मात्र दुई जित टाढा रहेका छन्।