logo-image

शुक्रबार, ०५ भदौ २०८३

बाराकी तीन वर्षीया बालिकाको बलात्कारपछि हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन (तस्बिरहरु)

शुक्रबार, ०५ भदौ २०८३ · समसामयिक

बाराकी तीन वर्षीया बालिकाको बलात्कारपछि हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौं, भदौ ५ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विरोधमा शुक्रवार काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरिएको छ । 

अधिकारकर्मी र मृतकका आफन्तहरूको अगुवाइमा भएको उक्त शान्तिपूर्ण विरोध सभामा सहभागीहरूले बालिका चौधरीको हत्यामा संलग्नलाई कडा कारबाही र पीडित परिवारलाई न्याय दिन माग गरेका छन् । 

प्रदर्शनका क्रममा उनीहरूले ‘जस्टिस फर गरिमा चौधरी’, ‘बलात्कारीलाई फाँसीको सजाय देऊ’ र ‘बलात्कार तथा हत्या जस्ता जघन्य अपराधविरुद्ध कडा कानून लागू गर’ जस्ता नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए । छोरी–चेलीमाथि भइरहेका जघन्य अपराधका घटना नियन्त्रण गर्न र नागरिकको सुरक्षा सुनिश्चित गर्न माग गर्दै उनीहरूले राज्यको ध्यानाकर्षण गराएका छन् ।

सत्य, न्याय र सुरक्षाका लागि आयोजित यस प्रदर्शनमा सहभागीहरूले दोषीलाई कानूनी कठघरामा उभ्याउन र भविष्यमा यस्ता घटना हुन नदिन सरकारसँग कडा कानूनको माग गरेका छन् ।


तस्बिरहरुःअनुप प्रधान–न्युज एजेन्सी नेपाल

 

ताजा समाचार