शुक्रबार, ०५ भदौ २०८३
शुक्रबार, ०५ भदौ २०८३ · समसामयिक
काठमाडौं, भदौ ५ । काठमाडौं महानगरपालिका–१०, शंखमूलस्थित भ्याली ब्वाइज होस्टलमा भएको विवादका क्रममा कुटपिट तथा धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका २२ वर्षीय वसन्त कालाथोकीको उपचारका क्रममा मृत्यु भएको छ।
दाङको घोराही उपमहानगरपालिका–१७ स्थायी घर भई हाल सोही होस्टलमा बस्दै आएका कालाथोकीमाथि होस्टलमै बस्ने बाराको कलैया उपमहानगरपालिका–३ घर भएका १८ वर्षीय शेखर यादव र करिब २० वर्षीय प्रमित पटेलले आक्रमण गरेका थिए। प्रारम्भिक अनुसन्धानका अनुसार उनीहरूले कालाथोकीमाथि कुटपिट गर्नुका साथै टाउको र घाँटीमा धारिलो हतियार प्रहार गरेका थिए, जसकारण गम्भीर चोट लागि बोल्न नसक्ने अवस्थामा पुगेका उनलाई तत्काल उद्धार गरी मीनभवनस्थित निजामती कर्मचारी अस्पताल पुर्याइए पनि उपचारकै क्रममा उनको निधन भएको हो।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले शेखर यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइरहेको छ भने घटनापछि फरार भएका अर्का आरोपित प्रमित पटेलको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
रास्वपाको सहमहामन्त्रीमा पुरुषोत्तम यादव मनोनित
७ मिनेट अगाडि
काठमाडौंको बाँसबारीमा भासियो साढे दुई तले घर
४ घण्टा अगाडि