logo-image

शुक्रबार, ०५ भदौ २०८३

काठमाडौंको बाँसबारीमा भासियो साढे दुई तले घर

शुक्रबार, ०५ भदौ २०८३ · समसामयिक

काठमाडौंको बाँसबारीमा भासियो साढे दुई तले घर

काठमाडौं, भदौ ५ । काठमाडौं महानगरपालिका वडा नं. ३, बाँसबारीस्थित न्युरो अस्पतालको ठीक अगाडि रहेको साढे दुई तले घर अचानक भासिएको छ। बिहीबार बेलुका करिब ८ बजेको समयमा उक्त घर भासिएको हो।

निरन्तरको वर्षाका कारण भासिएको यस घरमा यसअबाँसबारीमा साढे दुई तले घर भासियो, मानवीय क्षति भएनघि 'न्यू गण्डकी गेस्ट हाउस' सञ्चालनमा रहेको थियो। घटना हुँदा घरभित्र कोही पनि नरहेका कारण कुनै किसिमको मानवीय क्षति नभएको काठमाडौं महानगरपालिकाले जनाएको छ।

प्रहरी वृत्त महाराजगञ्जका अनुसार घर भासिएको क्षेत्र वरपरका अन्य घरहरू पनि जोखिममा पर्न सक्ने देखिएकाले स्थानीय बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।