logo-image

शुक्रबार, ०५ भदौ २०८३

प्रधानमन्त्री साह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने कार्यक्रम (तस्बिरसहित)

शुक्रबार, ०५ भदौ २०८३ · समसामयिक

प्रधानमन्त्री साह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने कार्यक्रम (तस्बिरसहित)

काठमाडौं, भदौ ५ ।  प्रधानमन्त्री बालेन्द्र साह शुक्रवार (आज) पोखरा भ्रमणमा हुनुहुन्छ । भ्रमणका क्रममा उहाँ माछापुच्छ्रे गाउँपालिका वडा नं. ६, अस्तामस्थित ‘इको भिलेज’ रिसोर्टमा बस्नुहुने कार्यक्रम तय भएको छ ।

पोखराबाट करिव साढे ४ किलोमिटरको दूरीमा अवस्थित उक्त रिसोर्टबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृङ्खलाको प्रत्यक्ष दृश्यावलोकन गर्न सकिन्छ । प्रधानमन्त्री साहको यस भ्रमणको औपचारिक उद्देश्य र प्रयोजनबारे प्रधानमन्त्रीको कार्यालयले हालसम्म कुनै जानकारी सार्वजनिक गरेको छैन । –न्युज एजेन्सी नेपाल

 

 

ताजा समाचार