logo-image

सोमबार, १५ भदौ २०८३

सुनसरीको देवानगञ्ज र हरिनगरमा आज साँझ ७ बजेसम्म निषेधाज्ञा

सोमबार, १८ साउन २०८३ · समसामयिक

सुनसरीको देवानगञ्ज र हरिनगरमा आज साँझ ७ बजेसम्म निषेधाज्ञा

 

इनरुवा, साउन १९। जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाको शान्ति–सुरक्षा अवस्थालाई मध्यनजर गर्दै देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाभर आज निषेधाज्ञा जारी गरेको छ।

कार्यालयद्वारा जारी सूचनाअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम आज बिहान १० बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञा लागू गरिएको हो।

प्रशासनका अनुसार जिल्लामा पछिल्ला घटनाक्रमको समीक्षा गर्दा सुरक्षा अवस्था क्रमशः सुधारोन्मुख देखिए पनि सम्भावित अप्रिय घटना रोक्न तथा शान्ति–सुरक्षा कायम राख्ने उद्देश्यले निषेधाज्ञा जारी गरिएको हो।

प्रशासनले सर्वसाधारणलाई निषेधाज्ञाको पूर्ण पालना गर्न तथा सुरक्षा निकायसँग आवश्यक सहयोग गर्न आग्रह गरेको छ।