सोमबार, १५ भदौ २०८३
बिहिबार, ०४ भदौ २०८३ · समसामयिक
काठमाडौं, भदौ ४ । चेक बाउन्स मुद्दामा प्रहरीले जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेललाई पक्राउ गरेको छ।
बिहीबार बानेश्वरस्थित टेलिभिजनको कार्यालयबाटै नियन्त्रणमा लिइएका पौडेलविरुद्ध दुई जना पूर्वकर्मचारीले १ लाख ५० हजार रुपैयाँ बराबरको चेक बाउन्स भएको भन्दै मुद्दा दायर गरेका थिए।
यसअघि टेलिभिजनका पूर्वपत्रकार तथा कर्मचारीहरूले लामो समयदेखि पारिश्रमिक नपाएको गुनासोसहित आन्दोलन गर्दै आएका थिए।