logo-image

सोमबार, १९ असोज २०८३

मोरङको हाटखोलाबाट अवैध लत्ताकपडा बरामद

सोमबार, १९ असोज २०८३ · समसामयिक

मोरङको हाटखोलाबाट अवैध लत्ताकपडा बरामद


काठमाडौं, असोज १९ । मोरङ जिल्लाको बिराटनगर महानगरपालिका–८ हाटखोलाबाट आईतबार सशस्त्र प्रहरी करीव ५ लाख ३० हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ  ।

झापाको गौरीगंजबाट विराटनगरतर्फ आउँदै गरेको ना १ ख २५०० नम्बरको यात्रुवाहक बसमा अवैध रुपले राखी ल्याउँदै गरेको भन्ने सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स व्यूरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल कारागार सुरक्षा बेस मोरङले बरामद गरेको हो । 
उक्त लत्ताकपडा भारतबाट अवैध रुपले नेपाल ल्याई मोरङ्गको कर्सियाबाट सो बसमा लोड गरी ल्याउँदै  गरेको बुझिएको छ । बरामद लत्ताकपडा आवश्यक कारवाहीको लागि विराटनगर भन्सार कार्यालय मोरङमा बुझाइएको छ ।