logo-image

सोमबार, १९ असोज २०८३

सुनको मूल्य ओरालो लाग्दा चाँदीमा वृद्धि

सोमबार, १९ असोज २०८३ · समसामयिक

सुनको मूल्य ओरालो लाग्दा चाँदीमा वृद्धि

 

 

काठमाडौं, असोज १९ ।  नेपाली बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य भने बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ। आइतबार प्रतितोला २ लाख ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार घटेर २ लाख ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ। यस्तै, १० ग्राम छापावाल सुनको मूल्य २ लाख ४९ हजार ९ सय १५ रुपैयाँ तोकिएको छ।

यता, चाँदीको मूल्यमा भने वृद्धि भएको छ। आइतबारको तुलनामा प्रतितोला ४० रुपैयाँले बढ्दै चाँदीको मूल्य ४ हजार ४ सय ३० रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ३ हजार ७ सय ९८ रुपैयाँ कायम गरिएको छ।