logo-image

सोमबार, १९ असोज २०८३

१० वर्षअघि हराएका बालक भारतको नयाँ दिल्लीमा भेटिए, प्रहरीले बुझायो अभिभावकलाई

सोमबार, १९ असोज २०८३ · समसामयिक

१० वर्षअघि हराएका बालक भारतको नयाँ दिल्लीमा भेटिए, प्रहरीले बुझायो अभिभावकलाई

 

काठमाडौं, असोज १९ ।  १० वर्षअघि हराएका बालक भारतको नयाँ दिल्लीमा भेटिए, प्रहरीले बुझायो अभिभावकलाईसप्तरी -१० वर्षअघि घरबाटै हराएका सप्तरीका एक बालक भारतको नयाँ दिल्लीमा फेला परेका छन्।

हराएका बालकलाई प्रहरी र सामाजिक संस्थाको समन्वयमा खोजतलास गरी परिवारको जिम्मा लगाइएको छ।  सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका वडा नं. ०६ बस्ने ऋषिदेव सदाका १६ वर्षीय छोरा शिव कुमार सदा आफ्नै घरबाट १० वर्षअघि बेपत्ता भएका थिए।

बालकको खोजतलास गर्ने क्रममा उनी भारतको नयाँ दिल्लीमा रहेको जानकारी प्राप्त भएको थियो।   त्यसपश्चात् प्रहरीले भारतको नयाँ दिल्लीस्थित 'किड इन्डिया' नामक संस्थासँग आवश्यक समन्वय गरी बालकको खोजतलास अघि बढाएको थियो। उक्त संस्थाले बालकलाई फेला पारेपछि संस्थाका निर्देशक नविन जोशीले जिल्ला प्रहरी कार्यालय सप्तरीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) हेमराज घिमिरेसँग समन्वय गरी बालकलाई नेपाल ल्याएका हुन्।  

भारतबाट ल्याइएका शिव कुमार सदालाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा अग्नीसाइर कृष्णासवरण गाउँपालिका वडा नं. ०६ का जनप्रतिनिधिको रोहवरमा राति ८:०० बजे उनका अभिभावक (बुबा ऋषिदेव सदा) को जिम्मा लगाइएको छ। १० वर्षपछि हराएको छोरो सकुशल घर फर्किएपछि परिवारमा खुसीयाली छाएको छ।