logo-image

शुक्रबार, १६ असोज २०८३

करदाता प्रोत्साहन उपहारः असोज महिनाको पहिलो पाक्षिक पुरस्कार घोषणा

शुक्रबार, १६ असोज २०८३ · समसामयिक

करदाता प्रोत्साहन उपहारः असोज महिनाको पहिलो पाक्षिक पुरस्कार घोषणा

 

काठमाडौं, असोज १६ ।   सरकारले करदाता प्रोत्साहन उपहारअन्तर्गत असोज महिनाको पहिलो पाक्षिक पुरस्कार घोषणा गरेको छ । 

शुक्रवार आन्तरिक राजस्व विभागले शुक्रवार एक कार्यक्रमकाबीच असोज महिनाको पहिलो पाक्षिक पुरस्कारअन्तर्गत १५ जना र एक जना बम्पर गरी १६ जना विजेता घोषणा गरेको हो । प्रत्येक दिनका दरले १५ जनाले जनही १ लाख र एक जनाले बम्पर उपहारअन्तर्गत १० लाख रुपैयाँ पाएका हुन् । विभागकाअनुसार नेपाल पेट्रो ल्युब प्राइभेट लिमिटेडबाट २१ हजार रुपैयाँको समान किन्ने कुपन नम्बर ०७३११०२०२५०१ का ग्राहकले बम्पर उपहार जितेका हुन् ।

आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्षदेखि ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि २०८३’ कार्यान्वयनमा ल्याएको हो ।