logo-image

सोमबार, १९ असोज २०८३

भक्तपुरको जगातीमा कवाडी कारखानामा भीषण आगलागी

सोमबार, १९ असोज २०८३ · समसामयिक

भक्तपुरको जगातीमा कवाडी कारखानामा भीषण आगलागी

 

भक्तपुर, असोज १९ ।  सूर्यविनायक नगरपालिका–८, जगाती–डोलेश्वर सडकखण्डस्थित बीके सप्लायर्स (कवाडी कारखाना) मा सोमबार बिहान आगलागी भएको छ।

सञ्चालक दिनेश भट्टका अनुसार बिहान करिब ६ बजे विद्युतीय सर्ट भएर आगलागी भएको हो। आगलागीका कारण नजिकैको एक घरमा समेत क्षति पुगेको छ।

जुद्ध वारुण यन्त्र (दमकल) को सहयोगमा आगो नियन्त्रणमा लिइएको छ। आगलागीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ।