logo-image

सोमबार, १९ असोज २०८३

निओ स्टोरको दसैं अफरः ल्यापटप किन्दा ७ उपहार, स्मार्टफोनमा इयरबडदेखि बम्पर पुरस्कारसम्म

सोमबार, १९ असोज २०८३ · समसामयिक

निओ स्टोरको दसैं अफरः ल्यापटप किन्दा ७ उपहार, स्मार्टफोनमा इयरबडदेखि बम्पर पुरस्कारसम्म



काठमाडौं, असोज १९ । नेपालीहरूको महान् चाड बडादसैंलाई लक्षित गर्दै सूचना प्रविधि, ग्याजेट तथा मनोरञ्जनसम्बन्धी सामग्री बिक्री गर्दै आएको निओ स्टोरले विशेष चाडपर्व योजना ‘निओ फेस्टिभ फिएस्टा’ सार्वजनिक गरेको छ ।

‘यस दसैं, अपग्रेड पनि सेलिब्रेसन पनि !’ भन्ने नाराका साथ ल्याइएको योजनाअन्तर्गत नयाँ ल्यापटप तथा स्मार्टफोन खरिद गर्ने ग्राहकले निश्चित उपहारदेखि साप्ताहिक लक्की ड्र र बम्पर पुरस्कारसम्म प्राप्त गर्नेछन् । चाडपर्वको अवसरमा प्रविधि अपग्रेड गर्न चाहने ग्राहकलाई थप लाभ दिने उद्देश्यले योजना ल्याइएको स्टोरले जनाएको छ ।

योजनाअन्तर्गत ल्यापटप खरिद गर्ने ग्राहकले चिट्ठा कुर्नु नपर्ने गरी तत्कालै सात प्रकारका आवश्यक एसेसरिज निःशुल्क प्राप्त गर्नेछन् । उपहारमा ल्यापटप ब्याग, माउस, हेडफोन, ल्यापटप क्लिनिङ किट, पेनड्राइभ, माउसप्याड र किबोर्ड कभर रहेका छन् । यसका अतिरिक्त ग्राहकलाई लक्षित गर्दै सात सातासम्म प्रत्येक हप्ता तीन जना भाग्यशाली विजेता छनोट गरिनेछ । साप्ताहिक लक्की ड्रबाट छानिएका कुल २१ जना विजेताले एक्युफिट ब्रान्डका स्मार्टवाच प्राप्त गर्नेछन् ।

योजनाको अर्को मुख्य आकर्षण बम्पर लक्की ड्र रहेको छ । अभियानको अन्त्यमा तीन जना भाग्यशाली विजेता छनोट गरिनेछन् । बम्पर विजेतामध्ये एक जनाले हायर वासिङ मेसिन, एक जनाले हायर रेफ्रिजेरेटर र अर्का एक जनाले हायर टेलिभिजन प्राप्त गर्नेछन् । बम्पर विजेताको नाम पारदर्शी रूपमा सार्वजनिक गरिने स्टोरले जनाएको छ ।

ल्यापटपसँगै स्मार्टफोन खरिदकर्ताका लागि पनि निओ स्टोरले विशेष अफर ल्याएको छ । निश्चित मोडेलका स्मार्टफोन खरिदमा ग्राहकले नि–वन पियोरबिट्स मुभ ब्रान्डको वायरलेस इयरबड निःशुल्क प्राप्त गर्नेछन् । यो अफर साओमी÷रेड्मी, नथिङ, सामसङ, वनप्लस, ओप्पोलगायतका प्रमुख ब्रान्डका छनोट गरिएका स्मार्टफोन मोडलमा लागू हुनेछ ।

यसैगरी, सामसङ ब्रान्डका स्मार्टफोन खरिदमा ग्राहकले शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी (ईएमआई) सुविधा पनि पाउनेछन् । दसैंको अवसरमा ग्राहकलाई नयाँ तथा गुणस्तरीय ग्याजेट खरिद गर्न सहज वित्तीय पहुँच उपलब्ध गराउने उद्देश्यले उक्त सुविधा ल्याइएको निओ स्टोरले जनाएको छ ।

चाडपर्वको समयमा नयाँ प्रविधि भित्र्याउने ग्राहकको चाहना पूरा गर्दै दसैंलाई थप रमाइलो र फलदायी बनाउने उद्देश्यले ‘निओ फेस्टिभ फिएस्टा’ सञ्चालन गरिएको स्टोरको भनाइ छ । योजनाका अफर तथा सर्तहरू स्टोरअनुसार लागू हुने जनाइएको छ ।