logo-image

सोमबार, ११ जेठ २०८३

क्यानले एनओसी नदिएपछि नेपाली खेलाडीद्वारा बेल्जियमको ईयू टी–२० लिग रद्ध, गुल्शन र ईशान मात्रै जाने

सोमबार, ११ जेठ २०८३ · खेलकुद

क्यानले एनओसी नदिएपछि नेपाली खेलाडीद्वारा बेल्जियमको ईयू टी–२० लिग रद्ध, गुल्शन र ईशान मात्रै जाने

 

काठमाडौं, जेठ ११ । बेल्जियममा आयोजना हुने ईयू टी–२० क्रिकेट लिग खेल्ने तयारीमा रहेका नेपालका अधिकांश चर्चित क्रिकेट खेलाडीहरूले यो प्रतियोगिता गुमाउने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले व्यस्त अन्तर्राष्ट्रिय तालिकाका कारण 'नो अब्जेक्सन सर्टिफिकेट' (एनओसी) नदिएपछि खेलाडीहरू प्रतियोगिताबाट बाहिरिएका हुन्।

क्यानका अनुसार नेपालले मे ३१ देखि जुन ९ सम्म सिंगापुरमा हुने एसिया गेम्स छनोट र नेपाल ‘ए’ टोलीले मे २२ देखि जुन २ सम्म उत्तराखण्डमा हुने ४२औँ अल इन्डिया गोल्ड कप खेल्ने तालिका छ। यही राष्ट्रिय प्रतिबद्धताका कारण छनोट तथा प्राविधिक समितिको परामर्शमा क्यानले कप्तान रोहित पौडेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, अनिलकुमार साह, ललित राजवंशी, सन्दीप लामिछाने र लोकेश बम लगायतका खेलाडीहरूलाई रोक लगाएको हो।

तथापि, अलराउन्डर गुल्शन झा र ईशान पाण्डेले भने क्यानबाट एनओसी पाएका छन्। उनीहरू बेल्जियमको जेबी ब्रुजेस टोलीबाट जुन ६ देखि सुरु हुने उक्त लिगमा सहभागी हुन पाउनेछन्। यसअघि लिगका विभिन्न फ्रेन्चाइजहरूले नेपाली खेलाडीहरूलाई ड्राफ्टमार्फत अनुबन्ध गरेको घोषणा गरेका थिए।

ताजा समाचार