मङ्गलबार, १९ जेठ २०८३
मङ्गलबार, १९ जेठ २०८३ · खेलकुद
काठमाडौं, जेठ १९ । फुटबल अस्ट्रेलियाले सोमवार २०२६ फिफा विश्वकपका लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ ।
सार्वजनिक गरिएको टोलीमा १७ जना विश्वकपमा डेब्यु गर्न लागेका खेलाडीहरू र दुई जना अहिलेसम्म कुनैपनि अन्तर्राष्ट्रिय खेल नखेलेका खेलाडीहरू रहेका छन् । टोलीमा इटालीमा व्यावसायिक फुटबल खेलिरहेका आक्रामक प्लेमेकर क्रिस्टियन भोल्पाटोलाई समावेश गरिएको छ । अस्ट्रेलियामा जन्मिएका २२ वर्षीय भोल्पाटोले यसअघि इटालीको युवा टोलीबाट प्रतिनिधित्व गरे पनि अब आफ्नो अन्तर्राष्ट्रिय करियर अस्ट्रेलियाबाट अगाडि बढाउने निर्णय गरेका हुन् । उनले यसै विश्वकपमार्फत सिनियर अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्नेछन् ।
त्यसैगरी, जापानको क्लव फुटबलमा आवद्ध स्ट्राइकर टेटे येन्गीले पनि पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । विश्वकपमा पहिलो पटक सहभागी हुन लागेका १७ खेलाडीमध्ये उनीहरू पनि एक हुन् । टोलीको नेतृत्व अनुभवी गोलरक्षक म्याट रायन र विङ्गर म्याथ्यू लेकीले गर्नेछन् । यी दुवै खेलाडीका लागि यो चौथो विश्वकप हुनेछ । योसँगै उनीहरू चारवटा विश्वकप खेल्ने तेस्रो र चौथो अस्ट्रेलियाली खेलाडी बन्ने भएका छन् ।
विश्वकपको समूह ‘डी’ मा रहेको अस्ट्रेलियाले टर्की, संयुक्त राज्य अमेरिका र पाराग्वेको सामना गर्नेछ । विश्वकपअघि अस्ट्रेलियाले स्विजरल्याण्डसँग एउटा अन्तिम तयारी मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।
इनड्राइभको ‘रेट मिलाऔं, मःम खाऔं’ क्याम्पेन
४७ मिनेट अगाडि