सोमबार, २९ असार २०८३
सोमबार, २९ असार २०८३ · समसामयिक
काठमाडौं, असार २९ । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१९ खेदाघाट सीमा ईलाकाबाट असार २८ गते सशस्त्र प्रहरीले ५ लाख २३ हजार २ सय रुपैयाँ बराबरको लत्ताकपडा तथा हार्डवयरको सामान बरामद गरेको छ ।
बेवारिसे अवस्थामा रहेको उल्लेखित सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लल्लिपुरले बरामद गरेको हो । बरामद सामान कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाइएको छ ।
यसैगरी कैलाली जिल्लाको भजनि नगरपालिका–३ स्थित ठेकीपुरस्थित सीमा ईलाकाबाट असार २८ गते सशस्त्र प्रहरीले १ लाख ७७ हजार १ सय ५० रुपैयाँ बराबरको कस्मेटिक सामान र मोबाईलका पाट्र्सहरु बरामद गरेको छ । बेवारिसे अवस्थामा रहेको उल्लेखित सामान सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म खक्रौलाले बरामद गरेको हो ।
अमेरिकी सेनाद्वारा इरानमाथि थप हवाई आक्रमण
२ घण्टा अगाडि
२ घण्टा अगाडि