logo-image

बुधबार, ३१ असार २०८३

रौतहटमा पनि एक युवकद्वारा आत्मदाहको प्रयास

बुधबार, ३१ असार २०८३ · समसामयिक

रौतहटमा पनि एक युवकद्वारा आत्मदाहको प्रयास

बारा, ३१ असार । रौतहटको गरुडा नगरपालिका वडा नं. ९ गम्हरियाका २८ वर्षीय एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्। देवेन्द्र सहनीका छोरा गौतमकुमार सहनीले मंगलबार राति करिब १ बजेको समयमा आत्मदाहको प्रयास गरेका हुन्।

घटनालगत्तै पारिवारिक सदस्य र स्थानीयको सक्रियतामा उनलाई तत्काल उद्धार गरी गरुडास्थित स्थानीय अस्पतालमा प्राथमिक उपचारका लागि पुर्‍याइएको थियो। प्रहरीका अनुसार आगोले घाइते सहनीको घाँटीभन्दा तलको भाग गरी करिब ३१ प्रतिशत शरीर जलेको छ।

 घाइतेको अवस्था हाल मध्यम र स्थिर रहेको छ। गरुडामा प्रारम्भिक उपचार गरिए पनि थप र विशिष्टीकृत उपचारको आवश्यकता देखिएकाले उनलाई काठमाडौंको कीर्तिपुर बर्न अस्पताल रेफर गरिएको जनाइएकाे छ।

युवकले किन यस्तो कदम किन चाले भन्नेबारे अहिलेसम्म स्पष्ट कारण खुल्न सकेको छैन। घटनाको थप अनुसन्धान भइरहेको प्नहरीले जनाएको छ।