logo-image

बुधबार, २७ जेठ २०८३

सामाजिक सञ्जालमार्फत यौनजन्य गतिविधि सञ्चालन गर्ने कार्यमा संलग्न १६ जना पक्राउ

बुधबार, २७ जेठ २०८३ · समसामयिक

सामाजिक सञ्जालमार्फत यौनजन्य गतिविधि सञ्चालन गर्ने कार्यमा संलग्न १६ जना पक्राउ


काठमाडौं, जेठ २७ । सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी होटलहरूमा यौनजन्य अनैतिक गतिविधि सञ्चालन गर्ने कार्यमा संलग्न काठमाडौं बस्ने मकवानपुर मनहरी गाउँपालिका–२ घर भएका ३३ वर्षीय विकास भुलन लगायत १६ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशाला समेतबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले फेसबुक, ह्वाट्सएप लगायतका माध्यमबाट युवतीहरूको फोटो तथा भिडियो देखाई ग्राहकसँग मोलमोलाई गर्ने, सेटिङ मिलाउने तथा ट्याक्सी र निजी सवारी साधन प्रयोग गरी गौशाला क्षेत्रको शम्भुमार्ग र बत्तीसपुतली क्षेत्रका विभिन्न होटलमा पु¥याई यौनजन्य गतिविधि गराएको खुल्न आएको छ ।

उनीहरू उपर अभद्र व्यवहार गर्न नहुने कसुरमा म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।