logo-image

सोमबार, १५ भदौ २०८३

सुर्खेतमा दुई छोराछोरीसहित आमा बेपत्ता, भेरी किनारमा भेटिए लुगा र मोबाइल

सोमबार, ०२ चैत २०८२ · समसामयिक

सुर्खेतमा दुई छोराछोरीसहित आमा बेपत्ता, भेरी किनारमा भेटिए लुगा र मोबाइल

सुर्खेत, चैत्र २ । सुर्खेतको गुर्भाकोट नगरपालिका–११ पिप्ले गाउँकी माया कठायत आफ्ना ११ वर्षीया छोरी आशा र ५ वर्षीय छोरा दीपकसहित आइतबार बिहानदेखि सम्पर्कविहीन भएकी छिन्। 

घरदेखि करिब तीन किलोमिटर टाढा भेरी नदीको किनारमा मायाले प्रयोग गर्ने झोला, सल, चप्पल र एक थान मोबाइल फेला परेको छ। नदी किनारमा सामान भेटिएपछि उनीहरू भेरीमा बेपत्ता भएको आशङ्का गर्दै इलाका प्रहरी चौकीहरूबाट ३५ जना सुरक्षाकर्मी र स्थानीय बासिन्दाको टोलीले नदी तथा आसपासका क्षेत्रमा व्यापक खोजी गरिरहेको छ।  

स्थानीयहरूका अनुसार घटना हुनुभन्दा तीन दिन अघि दम्पतीको घरमा झगडा भएको थियो, त्यसपछि माया आफ्ना बच्चाहरूसहित सोही वडामा रहेको आफ्नो काकाको घरमा बस्न गएकी थिइन् । भूपेन्द्रले शनिबार उनीहरूलाई घर फिर्ता ल्याउन काकाको घर गएको तर मायाले उनलाई भोलिपल्ट बिहान फर्कन्छु भनेको बताइएको छ ।

अहिले भेरी नदी र त्यस आसपासका क्षेत्रमा खोजी कार्यलाई तीव्र पारिएको छ, तर हालसम्म उनीहरूको अवस्था भने अज्ञात रहेको प्रहरीले जनाएको छ।