सोमबार, १५ असार २०८३
सोमबार, १५ असार २०८३ · समसामयिक
काठमाडौं, असार १५ । काठमाडौं महानगरपालिका–१४ कलंकी पुल नजिक सडकमा बा.९० प ५३४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा चालक कैलाली घर भएका २७ वर्षीय प्रकाश साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।
सुनसरी, गढी गाउँपालिका–१ मधेलीस्थित सडकमा प्र.१–०४–००१ प ००३३ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ५० वर्षीय सुवास चौधरीको गए राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नियन्त्रित लागूऔषध ट्रामाडोल सहित भक्तपुरबाट एक जना पक्राउ
एक घण्टा अगाडि
इन्दिरा जोशीको स्वरमा बोल्ड आइटम गीत सेन्सेशन् सार्वजनिक
४ घण्टा अगाडि