बिहिबार, ०३ वैशाख २०८३
सोमबार, २५ फागुन २०८२ · खेलकुद
काठमाडौं, फागुन २५ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आइतबार भएको फाइनल खेलमा न्युजिल्याण्डलाई ९६ रनले स्तब्ध पार्दै भारतले कीर्तिमानी तेस्रो पटक टी-२० विश्वकपको उपाधि जितेको छ।
यस जितसँगै सूर्यकुमार यादवको कप्तानीमा रहेको भारत आफ्नो उपाधि रक्षा गर्ने र घरेलु मैदानमा ट्रफी उचाल्ने पहिलो टोली बनेको छ।
पहिले ब्याटिङ गरेको भारतले सन्जु सामसनको विष्फोटक ८९ रन र अभिषेक शर्माको अर्धशतकको मद्दतले २५५ रनको विशाल योगफल तयार पारेको थियो। जवाफी ब्याटिङमा उत्रिएको न्युजिल्याण्डलाई १५९ रनमा समेट्न जसप्रित बुमराहले ४ विकेट लिए भने अक्षर पटेल र अभिषेक शर्माले पनि महत्त्वपूर्ण विकेट झारे।
८६,००० भन्दा बढी दर्शकको उपस्थितिमा भएको यो जितले भारतलाई टी-२० क्रिकेटको सबैभन्दा सफल टोलीको रूपमा स्थापित गरेको छ।