logo-image

शुक्रबार, ०५ असार २०८३

रातो मत्स्येन्द्रनाथको भोटो शनिवार देखाइने, जावलाखेलमा दर्शनार्थीको भीड

शुक्रबार, ०५ असार २०८३ · समसामयिक

रातो मत्स्येन्द्रनाथको भोटो शनिवार देखाइने, जावलाखेलमा दर्शनार्थीको भीड

काठमाडौं, असार ५ । ऐतिहासिक तथा सांस्कृतिक महत्वको रातो मत्स्येन्द्रनाथको रथ हाल ललितपुरको जावलाखेलमा राखिएको छ । 

शनिवार अपराह्न प्रसिद्ध भोटो देखाउने कार्यक्रम सम्पन्न भएसँगै यस वर्षको रथयात्रा औपचारिक रूपमा समापन हुनेछ । भोटो जात्राको पूर्वसन्ध्यामा शुक्रवार बिहानैदेखि जावलाखेलमा मत्स्येन्द्रनाथको दर्शन गर्न श्रद्धालु भक्तजनहरूको बाक्लो उपस्थिति रहेको छ । परम्पराअनुसार जावलाखेलमा रथ पुगेको चौथो दिन भोटो देखाउने प्रचलन रहेको छ ।

शनिवार भोटो देखाइसकेपछि रातो मत्स्येन्द्रनाथको मूर्तिलाई खटमा राखेर पुनः बुङमती प्रस्थान गराएसँगै यो वर्षको जात्रा सम्पन्न हुनेछ ।