logo-image

बिहिबार, ०४ असार २०८३

आरजु राणाको घरमा अख्तियारले टाँस्यो म्याद, ३ दिनभित्र बयानका लागि उपस्थित हुन निर्देशन

बिहिबार, ०४ असार २०८३ · समसामयिक

आरजु राणाको घरमा अख्तियारले टाँस्यो म्याद, ३ दिनभित्र बयानका लागि उपस्थित हुन निर्देशन

 

काठमाडौं, असार ४ ।  विद्युतीय राहदानी (ई-पासपोर्ट) छपाइ तथा खरिदमा भएको अनियमितता अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको बूढानीलकण्ठस्थित निवासमा म्याद तामेल गरेको छ। हाल विदेशमा रहेकी डा. राणा सम्पर्कमा नआएपछि असार २ गते वडा प्रतिनिधिको रोहबरमा उनको घरको ढोकामा सूचना टाँसिएको हो।

उक्त म्यादपत्रअनुसार उनलाई सूचना बुझिएको ३ दिनभित्र बयानका लागि टंगालस्थित अख्तियारको कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ। तोकिएको समयमा उपस्थित नभए कानुनबमोजिम कारबाही अघि बढाउने चेतावनी दिइएको छ।

यसअघि नै अख्तियारले सोही प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनीलकुमार केसी र तत्कालीन लेखा प्रमुख तुलसीप्रसाद आचार्यलाई नियन्त्रणमा लिएर विशेष अदालतबाट थुनाको अनुमति लिई अनुसन्धान अघि बढाइसकेको छ।

ताजा समाचार