logo-image

बिहिबार, ०४ असार २०८३

निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म अनुसन्धान भइरहेको छः गृहमन्त्री गुरुङ

बिहिबार, ०४ असार २०८३ · समसामयिक

निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म अनुसन्धान भइरहेको छः गृहमन्त्री गुरुङ

काठमाडौं, असार ४ ।  गृहमन्त्री सुधन गुरुङले निर्मला पन्त हत्या प्रकरणलाई सरकारले उच्च प्राथमिकतामा राखेर सुक्ष्म अनुसन्धान गरिरहेको बताउनुभएको छ । 
प्रतिनिधि सभाको बिहीवारको बैठकमा गृह मन्त्रालयको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो जानकारी दिनुभएको हो । गृहमन्त्री गुरुङले यस प्रकरणमा मन्त्रालय अत्यन्त संवेदनशील रहेको र आफूले व्यक्तिगत रूपमा पनि गम्भीरताका साथ अनुगमन गरिरहेको स्पष्ट पार्नुभयो । अनुसन्धानका कतिपय प्रक्रियाहरू गोप्य राखेरै अगाडि बढाउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उहाँले नतिजा नआएसम्म केही कुराहरू सार्वजनिक नगर्नु नै उपयुक्त हुने बताउनु भयो । विगतमा यस विषयलाई लिएर भएको राजनीतिकरणप्रति लक्षित गर्दै उहाँले एउटी बालिकाको निर्मम हत्या जस्तो संवेदनशील मुद्दामा राजनीति गरिनु दुःखद् भएको टिप्पणी गर्नुभयो । 
उहाँले भन्नुभयो,‘निर्मला पन्तको विषयमा मन्त्रालय संवेदनशील छ । एक बालिकाको शवमाथि जुन प्रकारको राजनीति गरियो, त्यसको अन्त्य गर्न पनि सम्बन्धित व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीका लागि हामीले सुक्ष्म अनुसन्धान अगाडि बढाएका छौँ ।’
गृहमन्त्री गुरुङले दोषीलाई कानूनी दायरामा ल्याउन सरकार प्रतिवद्ध रहेको दोहो¥याउँदै अनुसन्धानलाई निष्कर्षमा पु¥याउन सबैको सहयोगको अपेक्षा समेत गर्नुभयो । –न्युज एजेन्सी नेपाल

 

ताजा समाचार