शनिबार, २७ भदौ २०८३
शनिबार, २७ भदौ २०८३ · जीवनशैली
काठमाडौं, भदौ २७ । काठमाडौंको असनमा नेवारी परम्पराअनुसार ९६ जना कुमारको पूजा गरिएको छ ।
अन्नपूर्ण तः कें पुचः को आयोजनामा शनिवार कुमार पूजा गरिएको हो । पाँच वर्षसम्मका बालकहरुलाई कुमार पूजा गर्ने गरिएको छ । संस्थाले हरेक वर्षको भदौ महिनामा कुमार पूजा गर्दै आएको संस्थाकी अध्यक्ष रामलक्ष्मी महर्जनले जानकारी दिनुभयो । देशमा सुख, शान्ति कायम होस् तथा सबै गणेशले मिलेर रक्षा गरून् भन्ने उद्देश्यले पूजा गरिएको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हरेक वर्ष भदौ महिनामा हाम्रो संस्थाबाट कुमार पूजा गर्ने गरेका छौँ, देशमा सुख शान्ति होस्, सबै गणेशहरु मिलेर रक्षा गरोस् भनेर कुमार पूजा गरिएको हो । यहाँ ९६ जना कुमारको पूजा गरिएको छ ।’
कुमारहरुको नेवारी परम्पराअनुसार बाजगाजासहित पूजा गरिएको हो । कुमारहरुलाई टिका, फूलपाती, टोपी लगाउनुको साथै प्रसाद, चकलेट, बिस्कुट, लगायतका मिष्ठान्न परिकारहरु वितरण गरिएको छ । कुमार पूजापछि आगन्तुकहरुलाई नेवारी भोजन समेत गराईएको छ ।