logo-image

शुक्रबार, २६ भदौ २०८३

भरतपुरमा ईभी कारमा आगलागी, चालकको मृत्यु

शुक्रबार, २६ भदौ २०८३ · समसामयिक

भरतपुरमा ईभी कारमा आगलागी, चालकको मृत्यु
चितवन, भदौ २६ ।  चितवनको भरतपुरमा कारमा आगलागी हुँदा कारभित्र एक जना पुरुषको मृत्यु भएको छ ।
 
मिति २०८३ भदौ २६ गते बिहान करिब ६:०० बजे जिल्ला चितवन, भरतपुर महानगरपालिका-९ बसन्तचोकस्थित पूर्व-पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र. ०१–०३० च ५५७९ नम्बरको ईभी कारमा अचानक आगलागी भएको थियो ।
 
आगलागी भएको जानकारी प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी टोली खटिएको थियो । प्रहरीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएपछि कारभित्र हाएक जना मानिस जलेको अवस्थामा मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी चन्द्र भुषण यादवका अनुसार आगलागीमा परी मृत्यु हुने कार चालक अमर पराजुली हुन्। पराजुली नारायणी विद्या मन्दिर, शिवघाटका पूर्वसञ्चालकसमेत हुन्। आगलागीबाट कार जलेर क्षति भएको छ । 
 
 

ताजा समाचार