मङ्गलबार, ३० असार २०८३
मङ्गलबार, ३० असार २०८३ · समसामयिक
काठमाडौं, असार ३० । ललितपुरको बागमती गाउँपालिका–१ घुसेल बस्ने ४० वर्षीय दिनेश लो को करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरमा विद्युत जडित भुषा काट्ने मेशिनबाट करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
चितवनको भरतपुर महानगरपालिका–११ शान्ति टोल बस्ने ७२ वर्षीया कृष्ण कुमारी सेनको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ । आफ्नै घरमा रहेको विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
इटहरीमा खुल्यो नेपालकै पहिलो एटिन डी सिनेमा
५ घण्टा अगाडि