logo-image

मङ्गलबार, ०२ भदौ २०८३

भारतको बिहारस्थित मन्दिरमा भागदौडः ७ जनाको मृत्यु

मङ्गलबार, ०२ भदौ २०८३ · अन्तर्राष्ट्रिय

भारतको बिहारस्थित मन्दिरमा भागदौडः ७ जनाको मृत्यु

भारत, भदौ २ ।   भारतको बिहार राज्यस्थित एक मन्दिरमा सोमवार बिहान भागदौड मच्चिँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् । बिहारको राजधानी पटनाबाट करिब १२५ किलोमिटर दक्षिण–पूर्वमा पर्ने लखीसराय जिल्लाको अशोक धाम मन्दिरमा उक्त दुर्घटना भएको सरकारी अधिकारीहरूले जनाएका छन् । स्थानीय सञ्चारमाध्यमले वरिष्ठ प्रहरी अधिकारी शिवम कुमारलाई उद्धृत गर्दै दिएको जानकारी अनुसार, मन्दिर परिसरमा विद्युतीय तार चुँडिएपछि दर्शनार्थीहरूमाझ त्रास फैलिएको र सोही कारण भागदौड मच्चिएको थियो ।
मन्दिरमा पूजाअर्चनाका लागि ठूलो सङ्ख्यामा भक्तजनहरू भेला भएको समयमा सो घटना भएको हो । घटनालगत्तै स्थानीय सरकारी अधिकारी र प्रहरी टोली घटनास्थल पुगी उद्धार कार्य तथा भीड व्यवस्थापनमा जुटेका थिए । घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको अधिकारीहरूले बताएका छन् ।

ताजा समाचार