logo-image

आइतबार, ३१ साउन २०८३

भारतको उत्तराखण्डमा निर्माणाधीन सुरुङ भत्किँदा सात जनाको मृत्यु

आइतबार, ३१ साउन २०८३ · अन्तर्राष्ट्रिय

भारतको उत्तराखण्डमा निर्माणाधीन सुरुङ भत्किँदा सात जनाको मृत्यु

काठमाडौं, साउन ३१ । भारतको उत्तरी पहाडी राज्य उत्तराखण्डमा एक निर्माणाधीन सुरुङ भत्किँदा त्यहाँ कार्यरत कम्तीमा सात जना कामदारको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले उक्त घटनाको पुष्टि गरेका हुन् ।

उत्तराखण्डको चमोली जिल्लास्थित पीपलकोटी क्षेत्रमा बिहीवार अबेर राति यो दुर्घटना भएको हो । सुरुङभित्र करिब २५ जना कामदार काम गरिरहेका बेला अचानक पानीको बहावसँगै आएको लेदो र भग्नावशेषले उनीहरूलाई थुनेको थियो । दुर्घटना लगत्तै शुरु गरिएको उद्धार कार्यका क्रममा १६ जना कामदारलाई जीवितै बाहिर निकालिएको छ भने सात जनाको शव फेला परेको स्थानीय प्रशासनले जनाएको छ ।

उक्त सुरुङ भारत सरकारको स्वामित्वमा रहेको टीएचडीसी इण्डिया लिमिटेडले निर्माण गरिरहेको थियो । सुरुङभित्र फसेका अन्यको खोजी तथा उद्धार कार्य जारी रहेको बताइएको छ ।