logo-image

बुधबार, ३१ असार २०८३

सिंहदरबारमा अस्थायी कर्मचारीहरूको विरोध प्रदर्शन (तस्बिरहरु)

बुधबार, ३१ असार २०८३ · समसामयिक

सिंहदरबारमा अस्थायी कर्मचारीहरूको विरोध प्रदर्शन (तस्बिरहरु)

 

काठमाडौं, असार ३१ ।  नयाँ आर्थिक वर्षको सुरुआतसँगै सरकारले अस्थायी, करार तथा दैनिक ज्यालादारी कर्मचारी व्यवस्थापनसम्बन्धी नयाँ नीति कार्यान्वयनमा ल्याउने तयारी गरेपछि सरकारी सेवामा कार्यरत कर्मचारीहरू आन्दोलित भएका छन्।

उक्त नीतिको प्रत्यक्ष मारमा पर्ने भन्दै प्रभावित कर्मचारीहरूले देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्रै विरोध प्रदर्शन सुरु गरेका हुन्। आन्दोलनको पहिलो चरण अन्तर्गत मंगलबार अर्थ मन्त्रालय परिसरमा धर्ना दिएका उनीहरूले बुधबार भने कामकाज ठप्प पारेका छन्। सिंहदरबारभित्रै सामूहिक रूपमा भेला भएर कर्मचारीहरूले सरकारको नयाँ नीतिको जोडदार विरोध गरिरहेका छन्।

-तस्बिरहरु अनुप प्रधान/न्युज एजेन्सी नेपाल