सोमबार, १९ असोज २०८३
सोमबार, १९ असोज २०८३ · समसामयिक
काठमाडौं, असोज १९ । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी वायु तथा कोशी, मधेश, बागमती प्रदेशको सबै भू -भाग र गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू-भागमा मनसुनी वायुको साथै पश्चिमी वायूको आंशिक प्रभाव समेत रहेको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा साधारणतया बादल लागेको छ। बाँकी भू-भागमा आंशिक बादल लागेको छ । लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा मध्यमसम्मको वर्षा भईरहेको छ ।
दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा साथै देशका बाँकी तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागको थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात र पहाडी भू-भागका थोरै स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना छ। मधेश प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना छ।
यस्तै, राति कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशको पहाडी भू-भाग, सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागमा साधारणतया बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेश प्रदेश, कोशी, बागमती, गण्डकी प्रदेशको तराई भू-भागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भु-भाग र सुदूरपश्चिम प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना छ ।
भक्तपुरको जगातीमा कवाडी कारखानामा भीषण आगलागी
५० मिनेट अगाडि
सुनको मूल्य ओरालो लाग्दा चाँदीमा वृद्धि
२ घण्टा अगाडि