शुक्रबार, ०५ भदौ २०८३
शुक्रबार, ०५ भदौ २०८३ · राजनीति
काठमाडौं, भदौ ५ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय विस्तार गरेको छ ।
पार्टी केन्द्रिय कार्यालय बनस्थलीमा जारी पार्टी केन्द्रिय समितिको बैठकले ११ जनालाई मनोनीत गर्दै सचिवालय विस्तार गरिएको पार्टी केन्द्रिय सदस्य मनिष झाले जानकारी दिनुभएको हो । उहाँका अनुसार पार्टी बैठकले पार्टी सभापति रवि लामिछानेको प्रश्तावमा शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी, दीपकराज बोहरा, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राना मगर, मनिष झा र पुरूषोत्तम यादवलाई सचिवालय सदस्यमा मनोनित गरेको हो । उहाँले पार्टी प्रवक्ताको जिम्मेवारी पूर्वसूचना तथा सञ्चारमन्त्री तथा सांसद जगदीश खरेललाई दिइएको समेत जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘पार्टीको केन्द्रिय सचिवालयमा ११ जनाको नाम अनुमोदन भएको छ । शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, कबिन्द्र बुर्लाकोटी, लिमा अधिकारी, दीपकराज बोहरा, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राना मगर, मनिष झा र पुरूषोत्तम यादवलाई सचिवालय सदस्यमा मनोनीत गरेको छ । मैले पार्टी प्रवक्ताको जिम्मेवारी पहिले नै त्यागिसकेको थिएँ । आज तपाईंहरुले पार्टीको नयाँ प्रवक्ता पाउनुभएको छ । उहाँ हुनुहुन्छ पूर्वसञ्चारमन्त्री तथा सांसद जगदीश खरेलज्यू (ललितपुर) ।’
झाकाअनुसार बैठकले थप नौ जना केन्द्रिय सदस्य समेत मनोनित गरेको छ ।
रास्वपाको सहमहामन्त्रीमा पुरुषोत्तम यादव मनोनित
एक घण्टा अगाडि
काठमाडौंको बाँसबारीमा भासियो साढे दुई तले घर
५ घण्टा अगाडि